समाचार

सेयर बजारमा ८.८५ अंकको गिरावट

Arthikbazar.com – सोमबार सेयर बजार ८.८५ अंकले घटेर १,१४४.२७ अंकमा कायम भएको छ । होटल बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६४.९८ अंकले घटेको छ । दिनभरिमा १६२ वटा कम्पनीको १२ लाख ९ हजार ८ सय ६८ कित्ता सेयर ५ हजार ७ सय ९७ पटक खरिदविक्री हुँदा ३६ करोड ४३ […]

१६ बैंकले सार्वजनिक गरे वित्तीय विवरण : कसले कति कमाए

Arthikbazar.com – हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ […]

छोरीको बीमा गर्दै सरकार

Arthikbazar.com – छोरी हुर्काउन /प्रोत्साहन गर्नका लागी प्रदेश २ को सरकारले बीमा योजना सार्वजनिक गरेको छ । सरकारले उक्त प्रदेशका ८ वटै जिल्लामा यो कार्यक्रम सुरु गर्ने भएको छ । यो योजना अनुसार छोरीहरुको जन्मने वित्तिकै २० बर्षे बीमा योजना प्रदान गरिनेछ । उक्त बीमा योजनाको बिंमाक रकम १ लाख रुपैयाँ रहेको छ । प्रदेश […]

साताको शेयर बजार : १अर्ब ५४ करोडको कारोवार

Arthikbazar.com –  धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ […]

नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानमा छुट

Arthikbazar.com – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ-बैंकक-काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो । आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) सम्म यो […]

आजदेखि मौसम सुधार हुने

Arthikbazar.com – करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारबाट मौसम सफा […]

राजा हटाइयो अब कम्युनिस्टको पालो !

Arthikbazar.com – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारका विरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् […]

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

Arthikbazar.com – हामीमध्ये धेरैलेLexar नामक ब्राण्डका बारेमा नसुनेका पनि हुनसक्छौँ । मेमोरी कार्डको बजारमा प्रायः सानडिस्क, किंग्स्टन, वेस्टर्न डिजिटल लगायतका ब्राण्डहरुले प्रभुुत्व जमाएका छन् । तर अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो २०१९ मा यो कम्पनी Lexar ले दुनियाका अन्य चर्चित तथा प्रतिस्पर्धी कम्पनीहरुर्ला माथ खुवाएको छ । लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता […]

आयल निगमले हवाई इन्धनको भाउ एकैपटक रु १० घटायो : डिजेल पेट्रोलमा पनि घटाउने तयारी

Arthikbazar.com – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँ प्रतिलिटर घटाएको छ । घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ । घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमका ई. नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।उनका अनुसार अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ […]

गोपाल खड्काविरुद्ध १८ करोड ६६ लाखको भ्रष्टाचार आरोप

Arthikbazar – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य विरुद्ध पनि मुद्दा दायर गरिएको छ । […]