पत्रपत्रिका

प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन

Arthikbazar.com – सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरित रहेको पाइएकोे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजना निगरानी गर्न भन्दै माघ १७ गतेसम्मको एक साता समयावधि राखेर गत माघ १० गते गोरखापत्रमा टेलिप्रिजेन्स सिस्टम अर्थात ‘वार रुम’ को […]

राजा हटाइयो अब कम्युनिस्टको पालो !

Arthikbazar.com – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारका विरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् […]

९ सय भूकम्प पीडितको निवेदन खारेज

Arthikbazar.com –  भूकम्प गएको तीन वर्षपछि जग्गाबिहीन  सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्न ६१ सुकुम्बासीले आवेदन दर्ता गरेका छन् । दर्ता भएकामध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् । ८ सय ९३ जनाले अन्यत्र घर भएकाले लाभग्राही नहुने भन्दै सूचीबाट हटाइएको छ । सरकारले भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घरपरिवारको बासस्थानका लागि […]

अब, कोलकाताबाट ५ दिनमा नेपालमा सामान आइपुग्ने

Arthikbazar.com – नेपाल व्यवसायी संघले तेस्रो मुलुकसँगको व्यापारमा रहेको झन्झटिलो व्यवस्थाबाट मुक्ति पाउने भएका छन् । आउँदो फागुन ३ देखि भारतको कोलकाता तथा हल्दिया पोर्टमा विद्युतीय कार्गो प्रणाली (इसीटीएस) लागू हुने भएपछि नेपाली व्यवसायीको लागत र समय दुवै बच्ने भएको हो । कोलकताबाट सामान छुटाउन यसअघि १ महिनासम्म लाग्ने गरेकोमा अब बढीमा ५ दिनमात्र लाग्नेछ […]

बी एन्ड सी अस्पताल पीडित भन्छन्, : ‘अव फर्केर जान नपरोस्’

Arthikbazar.com – झापा मेचीनगर-५ का धनप्रसाद भण्डारी गिरी मोटरसाइकल दुर्घटनामा घाइते भए। उनलाई बी एन्ड सी अस्पताल भर्ना गरियो। अस्पतालमा २० दिन बसेपछि गत बिहीबार उनको मृत्यु भयो। परिवारले सात लाख ७५ हजार नगद बुझाएर शव लगे। ५४ वर्षे गिरीको दाहिने खुट्टा भाँचिएको थियो। उपचारपछि डिस्चार्ज गर्ने तयारी हुँदै थियो। अचानक उनको मृत्यु भएपछि मेची […]

अब, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशतसम्म छात्रवृत्ति

Arthikbazar.com – सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने पर्ने भएको छ । संघीय संसद्का प्रतिनिधि सभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ । यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा. गोविन्द केसीसँगको सम्झौताअनुसार सरकाले थप गरेको हो । स्नातक तहको कार्यक्रममा  उपलब्ध सिट संख्याको कम्तीम ७५ प्रतिशत निशुल्क […]

अझै चिसो बढ्ने, काठमाडौँमा माइनस ३.५ डिग्रीको रेकर्ड

Arthikbazar – केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । काठमाडौँ उपत्यकामा २७ पुस […]

प्रधानमन्त्री ओलीका सल्लाहकारको दादागिरी : नियमविपरीत चिनियाँ कम्पनी हुवावेलाई ठेक्का

Arthikbazar – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको मिलेमतो र दबाबमा सरकारले हुवावेलाई यो ठेक्का दिएको हो। सार्वजनिक खरिद ऐन र नियमविपरीत यही पुस ६ गते […]

कालिकोटमा ८७ घर जलेर नस्ट भएकै ठाउँमा एकीकृत बस्ती निर्माण गरिने

Arthikbazar – कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको हो। नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले ४ करोड ३५ लाख रुपियाँ छुट्याएको छ। ‘अग्निपीडितहरूको आवास निर्माणका लागि प्रतिपरिवार […]

नेकपा एकता प्रक्रियाः ओली र प्रचण्डको आ–आफ्नै ताल कार्यकर्ताको बेहाल

Arthikbazar.com – नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरुले नै लगाउन थालेका छन् । यो समाचार नेपाल समाचारपत्रमा […]