खेलकुद

स्वयंसेवक प्रशिक्षक पहाडी अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारीमा

Arthikbazar – एकजना स्वयंसेवक प्रशिक्षकले रौतहटको चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजन गर्न थालेका छन् । सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा स्वयंसेवक प्रशिक्षक पहाडीले विगत १७ वर्षदेखि स्थानीय किशोर किशोरीलाई निःशुल्क प्रशिक्षण दिइरहेका छन्न । उनले नियमित प्रशिक्षणको अलावा जिल्लाका बिभिन्न किसिमका प्रतियोगिताको समेत आयोजना गर्दै आएका छन् स्वयंसेवक प्रशिक्षक पहाडीले बिभिन्न संघ संस्थाको सहयोगमा […]

बर्नलीको पोस्टमा सिटीको ५ गोल

Arthikbazar.com – म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणका प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा सिटीले प्रिमियर लिग प्रतिद्वन्द्वी बर्नलीलाई ५–० गोलले हराउँदै पाँचौँ चरणमा स्थान बनाएको हो । घरेलु मैदानमा सिटीलाई जिताउन गाब्रियल जेससले २३ औं मिनेटमा खाता खोले । ५२ औं मिनेटमा बर्नान्लो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ६२ […]

बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल, गेटाफे २-१ गोलअन्तरले पराजित

Arthikbazar – लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए । खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता […]

२ वर्षदेखि रोकिएको तलब एकैपटक थाप्दै क्रिकेटर : कुन खेलाडीले कति पाउँछन् तलब ?

Arthikbazar.com – नेपालका क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको मासिक तलब एकै पटक पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिबन्ध गर्दै आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलव एकैपटक दिन लागेको हो ।आईसीसीले तलब वितरणका लागि खेलाडीको नयाँ श्रेणी निर्धारण गरेको छ । आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले ‘ए’, ‘बी’ र ‘सी’ […]

बीबीसीसँग पुलिस रोकियो : अभिषेकले हारबाट बचाए

arthikbazar.com –  शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग १-१ गोलको बराबरी खेलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले कमजोर मानिएको बीबीसीसँग बराबरी खेल्दै अंक बाँडेको हो । बीबीसीविरुद्ध पुलिसले निकै फितलो प्रदर्शन गर्‍यो । सुरुवाती समयमै गोल खाएको पुलिसले राम्रो […]

ए डिभिजन लिग फुटबलमा आज तीन खेल

Arthikbazar.com –  शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा आज पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । बिहान ११ बजेदेखि सुरु हुने खेलमा दुवै टिम जितको खोजीमा हुने छन् । पहिलो खेलमा आर्मीसँग २–२ गोलको बराबरी खेल्दै सनसनीपूर्ण […]

ब्याडमिन्टन अन्तर्राष्ट्रिय च्यालेन्जको दोस्रो चरणमा पुगे रत्नजित

Arthikbazar.com – नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्जमा जित हात पार्दै दोस्रो चरणमा पुगेका छन् । रत्नजितले पुरुष एकलमा भारतका अङकुर साङपाङ राईलाई २१–११, २५–२३ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका हुन् । अब उनले मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसँग प्रतिस्पर्धा गर्ने छन् । अर्का खेलाडी दिपेश धामी […]

भैरहवाद्वारा चितवनसामु १४४ रनको लक्ष्य पेश

Arthikbazar.com – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्सलाई १४४ रनको चुनौती पेश गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभर सकिन तीन बल बाँकी छदा सबै विकेटको क्षतिमा १४३ रन बनाएपछि चितवनले मध्यम स्कोरको चुनौती पाएको हो । भैरहवाका लागि रायन टेन डोइस्च्याटले ३५, प्रदीप ऐरीले २६ […]

चीनमाथि नेपालको १० विकेटको जित : २७ रनको लक्ष्य ११ बलमा भेटायो

ARTHIKBAZAR – टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले लगातार पाचौं जित हात पारेको छ । चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले जितेको हो । नेपालका लागि ओपनर विनोद भण्डारीले ८ बलमा २४ रन बनाए । उनले ३ चौका […]

रियल मड्रिड अलाभेससँग पराजित

रियल मड्रिड स्पेनिस ला लिगा लिग फुटबलमा अलाभेससँग पराजित भएको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा अलाभेसले रियल मड्रिडलाई १-० गोलले पराजित गरेको हो । अलाभेसको जितमा मनु ग्रासियाले गोल गरेका थिए । पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको अन्तिम समयमा रियल मडि्रड अलाभेससँग चुक्यो । अतिरिक्त समयमा […]