स्वयंसेवक प्रशिक्षक पहाडी अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारीमा

Arthikbazar – एकजना स्वयंसेवक प्रशिक्षकले रौतहटको चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजन गर्न थालेका छन् । सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा स्वयंसेवक प्रशिक्षक पहाडीले विगत १७ वर्षदेखि स्थानीय किशोर किशोरीलाई निःशुल्क प्रशिक्षण दिइरहेका छन्न । उनले नियमित प्रशिक्षणको अलावा जिल्लाका बिभिन्न किसिमका प्रतियोगिताको समेत आयोजना गर्दै आएका छन् स्वयंसेवक प्रशिक्षक पहाडीले बिभिन्न संघ संस्थाको सहयोगमा आउदो फागुन १६,१७ र १८ गते चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्न लागेका हुन् । प्रतियोगितामा भारत ,श्रीलंका ,भुटान ,बंगलादेश र नेपालका सात प्रदेश र तीन बिभागिय टिमको सहभागिता रहने पहाडीले बताए ।

चन्द्रपुर नगरपालिका ४ घर भएका ३८ वर्षीय पहाडीले बिहान बेलुका ० जना खेलाडी नियमित रूपमा प्रशिक्षण दिइरहेका छन्न । जिल्लामा राखेपको प्रशिक्षक नभए पनि उनले प्रशिक्षण गराएका खेलाडीले प्रदेश नम्बर २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । उनले २०५५ सालदेखि कराते खेल्न थालेका हुन्न । २०५ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा नियमित रूपमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन । जिल्लाको खेलकुद विकासमा अधिकांस स्वयमसेवक प्रशिक्षकको हात रहेको छ । रौतहट जिल्लामा राष्ट्रिय खेलकुद परिषदले स्वयमसेवक प्रशिक्षकलाई नियुक्ति दिएमा जिल्लाको खेलकुदको अझै विकास हुने पहाडीको भनाइ रहेको छ ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नभएको पहाडीले बताए । ‘राखेपले अहिले सम्म यहाँ प्रशिक्षक नियुक्ति गरेको छैन,’ ‘उनले भने, ‘स्वयंसेवककै भरमा यहाँको खेलकुद टिकेको छ ।’परिषद्ले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । उनी बिहान १ र बेलुका डेढ घण्टा कराते सिकाउने गर्छन् । प्रदेश नम्बर २ का ७ वटा जिल्लामा सरकारी तलव लिइरहेका राखेपका प्रशिक्षक भए पनि यस जिल्लाले उनीहरूका खेलाडीभन्दा राम्रो प्रदर्शन गर्दै आएको छ । पछिल्लो समय जिल्लाका खेलाडीले म्याटमा प्रशिक्षण लिने गरेका छन । यसरी नियमित म्याटमा प्रशिक्षण लिने प्रदेश २ को यही जिल्ला मात्र हो । अन्य जिल्लासँग म्याट छैन ।

राखेपले आयोजना गर्ने विभिन्न प्रतियोगितामा स्वयंसेवक प्रशिक्षकले उत्पादन गरेका खेलाडीहरूले भाग लिने गरेका छन । प्रदेश नम्बर २ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा खेलाडी छनोट सकिएको छ । कराते र महिला फुटबलमा यस जिल्लाले राम्रो प्रदर्शन गर्दै आएको सितोरियो कराते संघका जिल्ला अध्यक्ष अशोक पहाडीले बताए ।

‘अब स्वयंसेवक प्रशिक्षकलाई राखेपले केही गर्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘जीवनभर निस्शुल्क प्रशिक्षण सेवा दिए बापत कुनै सुविधा दिन सकिएन भने अन्याय गरेको ठहर्छ ।’ देशभर एक हजार प्रशिक्षकको दरबन्दी रहेकोमा हाल विभिन्न खेलमा ४ सय प्रशिक्षकको दरबन्दी खाली रहेको पहाडीले जनाए । त्यसैमा पदपूर्ति गर्न दबाव दिँदै आएको उनले सुनाए । स्वयंसेवक प्रशिक्षकहरूले दरबन्दीमा राख्नुपर्ने माग राख्दै अएका छन । सभासद रामकुमार भट्टराईको सांसद विकास कोषको रकमबाट चन्द्रनिगाहपुरस्थित तुलसीलाल स्मृति खेल मैदानँंगै बनेको कवर्ड हलमा नियमित प्रशिक्षण हुने गरेको छ ।’ प्रशिक्षणमा साना स्कुले बालबालिका समेत आउने गर्छन।

यसमा तपाइको मत