एसबिआई बैंक पनि अर्बपति क्लबमा

Arthikbazar.com – नेपाल एसबिआई बैंक  चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब माथि खुद नाफा कमाउँदै अर्ब कमाउने बैंककाे सूचीमा परेकाे छ।

बैंकले अन्य आम्दानीका सूचकहरुमा पनि सुधार भएको छ भने खराब कर्जा अनुपात, काेषकाे लागत, आधार ब्याजदर र वितरण योग्य नाफामा भने गिरावट आएकाे छ।

एसबिआई बैंकले आइतबार सार्वजनिक गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार बैंकले एक अर्ब दुई करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा १२.०२ प्रतिशतले बढेको हो। गत वर्ष बैंकले ९१ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, एभरेष्ट, सिद्धार्थ र प्रभु बैंक गरि अन्य ५ वाणिज्य बैंकले पुस मसान्तसम्ममा एक अर्ब माथि खुद नाफा आजर्न गरेका छन्।

चालू आवको दोस्रो त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टमा १२ करोड ५ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको हो। एनएफआरएस रिर्पोट अनुसार बैंकले ९० करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट एक करोड ८ लाख रुपैयाँले घटेको हो । गत वर्षको पुस मसान्तमा बैंकले ९१ करोड ३० लाख फ्रि प्रोफिट कमाएको थियो । एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड

यस अवधिमा बैंकले निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड दिएको देखिन्छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा १४.८७ प्रतिशतले निक्षेप संकलन बढाएको हो भने २७.४५ प्रतिशत धेरै कर्जा परिचालन गरेको छ । चालू आवको दोस्रो त्रैमासमा ९७ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९० अर्ब ९२ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको पुस मसान्तमा बैंकको निक्षेप संकलन ८५ अर्ब १६ करोड ९२ लाख र कर्जा लगानी रकम ७१ अर्ब ३४ करोड १२ लाख रहेको थियो ।

यसमा तपाइको मत