जोशी हाइड्रोपावरको शेयर कारोबार खुल्यो, पहिलो कारोबार २७९ रुपैयाँमा

Arthikbazar – जोशी हाइड्रोपावरको पुस २३ गते सोमबारदेखि शेयर कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेञ्जमा हाइड्रोपावरको शेयर कारोबराको लागि JOSHI सिम्बोलमा कारोबार हुने भएको छ ।

३२ नम्बर ब्रोकरबाट १० कित्ता शेयर म्याचिङ्ग हुँदा कम्पनीको शेयर कारोबार उच्च मूल्य २७९ रुपैयाँमा पहिलो कारोबार भएको हो ।

हाइड्रोपावरले आइतबार चुक्ता पूँजी बराबरको ३७ लाख १४ हजार कित्ता शेयर नेप्सेमा  सूचीकरण गरेको थियो । जसमध्ये सर्वसाधारणको लागि निष्काशन भएको १८ लाख १९ हजार ८६० कित्ता रहेको छ ।

जोशी हाइड्रोपावरले जेठमा इलामका स्थानीयका लागि ३ लाख ७१ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो । सो आइपिओमा एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो भने दुई लाख ४२ हजार १० कित्ता शेयर अवितरित भएको थियो ।

यसपश्चात गत मंसिरमा इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको सहित १६ लाख ९० हजार ४७० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरि मंसिर २५ गते बाँडफाँड गरेको थियो ।

यसमा तपाइको मत