बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल, गेटाफे २-१ गोलअन्तरले पराजित

Arthikbazar – लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए ।

खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सुरुदेखि नै दबाब बनाएको बार्सिलोनाले खेलको ३९औं मिनेटमा दोब्बर गोल गर्न सफल भयो । तर ४३ औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए । जितसँगै लिग लिडर बार्सिलोनाको १८ खेलबाट ४० अंक भएको छ ।

यसमा तपाइको मत