कैलाश विकास बैंकको पच्चीसौं साधारण सम्पन्न, १७ प्रतिशत नगद लाभांश पारित

Arthikbazar – कैलाश विकास बैंकको सम्पन्न पच्चीसौं वार्षिक साधारण सभाले गत आ.व. २०७४/७५ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

लाभांश वितरणका लागि बैंकले पुस ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले साधारण सभाले पारित गरेकाे बैंकको उक्त लाभांश (४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद) पुस ५ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

साधारण सभाले कैलाश विकास बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने संस्था पहिचान, सम्झौतापत्रमा हस्ताक्षर, दायित्व तथा मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, लगायतका आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

बैंकको चुक्तापूँजी दुई अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा कायम गरेको छ ।

यसमा तपाइको मत