सेयर बजार ७.२२ अंकले घटेर १,१७०.७९ अंकमा कायम

Arthikbazar.com – आइतबार सेयर बजार ७.२२ अंकले घटेर १,१७०.७९ अंकमा कायम भएको छ ।

अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ७९.०८ अंकले घटेको छ ।

दिनभरिमा १५६ वटा कम्पनीको १३ लाख ६३ हजार आठ सय ५४ कित्ता सेयर चार हजार दुई सय ५२ पटक खरिदविक्री हुँदा ३१ करोड तीन लाख १४ हजार दुई सय २२ रुपैयाको कारोबार भएको छ ।

एनसीसी बैंकको सबैभन्दा धेरै तीा करोड ३२ लाख आठ हजार दुई सय १९को कारोबार भएको छ । प्रभु बैंक र छिमेक लघुवित्तको दुई करोडमाथीको कारोबार भएको छ । नागरिक लगानी कोष, नेपाल दुरसञ्चार कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको क्रमश एक करोडमाथीको कारोबार भएको छ ।

यसबाहेक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, बैंक अफ काठमाडौं, नविल बैंकको क्रमशः ७४ लाख ९९ हजार पाँच सय ६७, ६६ लाख ३१ हजार नो सय ४५, ६५ लाख ८९ हजार सात सय ४१ र ६१ लाख ३१ हजार एक सय ४७ रुपैयाँको कारोबार भएको छ ।

नागरिक लगानी कोषका सेयरधनीले सात प्रतिशतका दरले कमाएका छन् । जेबिल्स फाइनान्सका सेयरधनीले तीन प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, एनसीसी बैंक, आखु खोल जलविद्युत, मेरो माइक्रोफाइनान्स, सानिमा इक्टिी फण्ड, एनएमबि माइक्रोफाइनान्स, एनएमबि हाइब्रिट फण्ड, ज्योती विको बैंक, नापेड लघुवित्त लगायतका सेयरधनीले कमाएका छन् ।

भार्गव विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ७.५८६२१का दरले गुमाएका छन् । छिमेक लघुवित्तका सेयरधनीले पाँच प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, सिन्धु विकास बैंक, युनाइटेट इन्स्योरेन्स, हिमालयन डिस्टीलरी, नेशनल माइक्रोफाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, प्रभु बैंक, अपि पावर कम्पनी, डिप्रोक्स लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

यसमा तपाइको मत