देउवाले प्रश्न उठाए:वाइडबडीमा छानविन कमिटी बनाएर लुकाउन खोजेको हो कि, बचाउन ?

Arthikbazar.com –  विपक्षी दलका नेता शेरबहादुर देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका छन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको थियो । यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको देउवाले बताए ।नेपाल राष्ट्रिय मगर संघले मोरङ्गको लेटाङ्गमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्याक्रममा कांग्रेस सभापति देउवाले भने, ‘वाइडबडीमा जुन भ्रष्टाचार भएको छ, छानविन कमिटी बनाएर त्यसलाई लुकाउन खोजेको हो कि ? बचाउन खोजेको हो कि भन्ने जायज शंका उठेको छ ।’

हाम्रो पार्टीले विपक्षमा भएपनि वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्नेहरुलाई कुनै हालतमा नछाड्ने उनले बताए । देउवाले भने, ‘ जो सुकै होस्, हम्रो पार्टीले छाड्ने छैन ।’

 

यसमा तपाइको मत