घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आईपिओ खुल्यो

Arthikbazar.com – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाले १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ ।

विक्री प्रबन्धक भिबोर क्यापिटलको अनुसार आइपिओ छिटोमा २३ पुुष र ढिलोमा १८ माघमा बन्द हुनेछ ।

कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित म्यादीवासीका  लागि पाँच लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो ।

स्थानीय आयोजना प्रभावितलाई बिक्री गर्दा बाँकी रहेको सेयर समेत जोडेर आयोजनाले सर्वसाधारणलाई सेयर बिक्री खुला गरेको हो ।

घलेम्दी हाइड्रो प्रालिले म्याग्दीमा चार मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ ।

यसमा तपाइको मत