सपथका लागि सिंहदरबार पुगे रेशम चौधरी

arthikbazar.com  – टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको सांसद रेमश चौधरी सपथका लागि सिंहदरबार पुगेका छन् । सभामुख कृष्णबहादुर महराले केहीबेरमा उनलाई पद तथा गोपनियताको सपथ गराउनेछन् ।

टीकापुर घटनाका मुख्य अभियुक्त भएकै कारण हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका थिए । तर चौधरीले आज सभामुखसँग सपथ लिने लागेका हुन ।

संसदका प्रवक्ता रोजनाथ पाण्डेले चौथरीको सपथ कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार सभामुख कृष्णबहादुर महराले दिउँदाे ३ बजे चौधरीलाई संसद सचिवालयमा सपथ गराउन लागिएको छ ।

फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली-१ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

यसमा तपाइको मत