करिब तीन दर्जन लघुवित्तको लाभांश प्रस्ताव : सूर्योदयको सबैभन्दा धेरै, अन्यकाे कति ?

Arthikbazar.com – नेप्सेमा सूचीकृत ३८ लघुवित्त कम्पनीहरुमध्ये गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गर्ने लघुवित्त कम्पनीहरुको संख्या ३१ पुगेको छ।

मंसिर २४ गते सोमबारसम्म ३१ लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका हुन्।

लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये सूर्योदय लघुवित्तले सबैभन्दा धेरै ४२.७५ प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश घोषणा गरेको छ । सबैभन्दा कम भर्खरै साधारण शेयर जारी गरेको नेपाल सेवा लघुवित्तले ५.०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्त कम्पनीहरुले प्रस्ताव गरेको उक्त लाभांश आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभाबाट अनुमोदनपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

नेप्सेमा सूचीकृत ३८ लघुवित्त कम्पनीहरुमध्ये गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गर्ने बाँकी लघुवित्त कम्पनीहरुको संख्या ६ रहेको छ ।

ती मध्ये आरम्भ माइक्रोफाइनान्सको जगेडा कोष ऋणात्मक रहेको छ भने सपोर्ट माईक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ लाख मात्र जगेडा भएकाले यस पटक यस लघुवित्त कम्पनीका शेयरधनीलार्इ पनि लाभांश वितरण गर्न सक्ने अवस्था छैन ।

ग्रामिण विकास लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, महुली सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्तले भने शेयरधनीलाई लाभांश खुवाउनसक्ने अवस्था रहेपनि हालसम्म लाभांश घोषणा गरेका छैनन् ।

यसमा तपाइको मत