निक्षेपमा बढ्यो व्याजदर : कुन बैंकले कति पुर्याए ?

Arthikbazar.com – व्यक्तिगत मुद्धति निक्षेपमा व्याजदर बढेर १३ प्रतिशतसम्म पुगेको छ । बैंकर्स संघले व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम सीमा हटाएपछि बैंकहरुले व्याजदर बढाउन थालेका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर तोक्न बैंकरहरुलाई स्वतन्त्र रुपमा निर्धारण गर्न सुविधा दिएपछि ब्याजदर बढाउने प्रतिस्पर्धा नै सुरु भएको छ ।

जनता बैंक : जनता बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत व्याज दिने जनाएको छ । यसमा न्युनतम मौज्ताद एक लाख रुपैयाँ तोकिएको छ ।
माछापूच्छ्रे बैंक : माछापूच्छ्रे बैंकले १२.५ प्रतिशत व्याजदर घोषणा गरेको छ । यसमा न्युनतम मौज्दात ५० हजार रुपैयाँ हुनुपर्नेछ ।
कुमारी बैंक : कुमारी बैंकले न्युनतम १० हजार रुपैयाँ मौज्दातमा नै १३ प्रतिशत व्याज दिएको छ ।

सेञ्चुरी बैंक : सेञ्चुरी बैंकले पनि १३ प्रतिशत व्याजदर दिने भएको छ । बैंकले ६ महिनादेखि २ बर्षसम्मको लागि १३ प्रतिशत र एक महिनादेखि २ बर्षसम्मको लागि १२ प्रतिशत दिने गरी स्किम ल्याएको छ।

अरु बैंकहरु पनि व्याजदर बढाएर बढीभन्दा बढी निक्षेप तान्ने योजनामा छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले भने १२ प्रतिशतभन्दा बढी व्याज नदिने निर्णय गरेका छन् ।

यता, उद्योग व्यवसायी एवम् लगानीकर्ताहरुले भने व्याजदर वृद्धिको तीव्र आलोचना गरिरहेका छन् । निक्षेपमा व्याज बढेपछि कर्जामा पनि बढ्ने र पुँजी बजार समेत प्रभावित हुने उनीहरुको तर्क छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले पनि ब्याजदरमा कार्टेल गर्ने किसिमका गतिविधि नगर्न बैंकरहरूलाई चेतावनी दिएका छन् ।लगानीयोग्य तरलता अभावको समस्या छोटो समयका लागि मात्रै भएको भन्दै उनले त्यसबाट हतास नहुन बैंकहरूलाई आग्रह गरेका छन् ।

यसमा तपाइको मत