चौतारी लघवित्तको आईपिओमा दुई दिनमा झण्डै अर्बको आवेदन

Arthikbazar.com – चौतारी लघुवित्तको आईपिओमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ। लघुवित्तले मंसिर १९ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको ५ लाख ६० हजार ७०० कित्ता शेयरमा १६.२४ गुणा बढी आवेदन परेको हो ।

लघुवित्तको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार दोस्रो दिन मंसिर २० गतेसम्म एक लाख ४७ हजार आवेदनबाट ९१ करोड ४ लाख ३६ हजार रुपैयाँ बराबरको ९१ लाख ४ हजार ३६० कित्ता शेयर माग भएको छ । आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ को रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँदछ ।

लघुवित्तले निष्काशन गरेको शेयरमा मंसिर २३ गते आइतबारसम्म आवेदन गर्न पाइनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सकिने व्यवस्था छ ।

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

यसमा तपाइको मत