अनलाईन कारोबार प्रणाली सुधार्न लगानीकर्ताका संगठनहरूद्धारा नेप्से घेराउ

Arthikbazar.com – शेयर बजारमा सक्रिय रहेका चारवटै लगानीकर्ता संघहरुले सोमबार संयुक्त रुपमा नेपाल स्टक एक्सचेञ्जको कार्यालय सिंहदरबारमा धर्ना दिएका छन्।

उनीहरूले पूँजीबजारका लगानी गरेका १५ लाख लगानीकर्ताहरुको १४ खर्ब बढी सम्पत्तिको सुरक्षामै गम्भीर चुनौती देखा परेको भन्दै संयुक्त रुपमा नेप्से कार्यालय घेराउ गरेका हुन् ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघको आह्वानमा लगानीकर्ता संघर्षमा उत्रिएका हन्।

उनीहरुले नियामक निकायलाई दबाब दिनकै लागि आइतबार पूँजी बजारमा लगानी गरेका आम सर्वसाधारणलाई पनि आह्वान गरेका थिए । आफ्नो सम्पत्ति सुरक्षाका लागि सबै लगानीकर्तालाई अनिवार्य सहभागिता जनाउन आब्हान गरिएको थियो।

सरकारले कात्तिक २० गतेदेखि अनलाइन कारोबार शुभारम्भ गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा कमजोरी देखिएको, बजार सुधार र विस्तारका रणनीतिक कामहरु अवरुद्ध भएको भन्दै सबै संघहरु आन्दोलनको विकल्पमा पुगेका हुन् ।

नियमनकारी निकायको उदासीनताले पूँजीबजारमा गम्भीर समस्या उत्पन्न भएको उनीहरुको निष्कर्ष रहेको छ । लगानीकर्ताको संगठनहरु आन्दोलनमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसमा तपाइको मत