नेरुडे लघुवित्तको खुद नाफा ९९ लाख २३ हजार रुपैयाँ

Arthikbazar – नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९९ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ५८ लाख २ हजार रुपैयाँले बढी हो । गत वर्षको यहि अवधिमा ४१ लाख २१ हजार रुपैयाँ खुद नाफा अार्जन गरेको थियो ।

३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा २६ करोड ८७ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले एक अर्ब ९६ करोड रुपैयाँ सापटी र एक अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १७ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तले यस अवधि सम्ममा १८ करोड ५३ लाख रुपैयाँ व्याज आम्दानी गरी ९ करोड ७२ लाख रुपैयाँ व्याज वापत खर्च गरेको छ । जसबाट ८ करोड ८० लाख रुपैयाँ खुद व्याज आर्जन गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । गत वर्ष १.०६ प्रतिशत रहेको खराब कर्जा १.७० प्रतिशतमा पुगेको छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसमा तपाइको मत