AML/CFT चुनौती होइन अवसर हो : विनय रिजाल

यो विषय आजको समय सापेक्ष बन्दै गएको छ, किनकि कुनै पनी आय श्रोत्त आजको समयमा सुद्घताको परिचय खोज्दछ । जो कोहिले जति कमाउछ, उसले कमाउन सक्छ , तर त्यो कमाईको वैघानिकता र सुद्घताको परिभाषा हुनु पर्दछ । त्यसैले जसको कमाईमा कुनै खराब नियती हुदैन, व्यवहार हुदैन, परिचय रहदैन खराब आचरण र आसय हुदैन त्यो आय, सम्पतिको जाँच गर्नु पर्दैन । सुर्य पूर्वबाट उदाउछ भन्नु र सुर्यको उदय भयो भन्नुमा धेरै अन्त्तर छैन किनकि सुर्य स‘धै पूर्वबाट नै उदाउने हो त्यस्तै सुद्घ आय, यदि कसैले आर्जन गर्छ या गरेको छ भने उसलाई AML/CFT  सँग डर मान्नु पर्ने कुनै अवस्था हुदैन । उसले कुनै किसिमको चुनैती खेप्न पर्दैन, बरु यसलाई सुद्घताको प्रमाण सहित आफुलाई, अझ बढी अवसरहरु सक्नु हुन्छ । गलत आय केहि समय रहला ,टिक्ला त्यसको असर केहि समय वन्ला, उपभोग गर्न सकिएला, तर त्यो अन्त्तत अपराधको रुपमा उजागर हुन्छ साथै त्यसले अन्त्त पनि गराउछ । आफ्नो नामको, कामको , दामको र सुनौलो भविष्यको । त्यसैले यो अवसर हो चुनौती हाईन । यसलाई बुझनु जरुरी छ । यो कुनै दैवि प्रकोप पनि हैन ।

AML/CFT के हो ?
यो साधारण अर्थमा भन्ने हो भने, कालो धनलाई सुद्घधन बनाउने सोचको पर्दाफास गर्ने औजार हो, ज्ञान हो । अनैतिक तरिकाले कामाएको धनलाई कानुनी साहारा लिएर सुद्घ बनाउन खोज्ने प्रयासको अडचन हो । यो बाधक हो, अझ सरल भाषामा भन्दा कालो धन सेतो बनाउन गरिने प्रयासको तयारी सँग तगारोको रुपमा उभीने अस्त्र हो ।

Anti-Money Laundering (AML):-

Anti-Money Laundering (AML)  भनेको निति र नियमको वाँध हो, जसले खराब नियत्तिबाट कमाएको सम्पत्तीहरु जफत गरी सुद्धीकरणका अभ्यासहरु चलाउन सक्छ । धेरै अवस्थामा, कडा कानुन नभएको देश र अन्त्तराष्ट्रीय मुल्य मान्यत्ता भन्दा अलग प्रकियाबाट आर्जेको सम्पती, जसको कुनै वास्तविक श्रोत कारण छैन भने, त्यस किसिमका सम्पत्ती कुनै कानुनी रुपमा वैघ हुदैनन् । त्यस्ता सम्पत्तीको न्युनिकरण र निवारण गर्न बनेको नितिनै AML/CFT को अवधारणा हो ।

अपराध र अपराधीक गतिविधीमा संग्लन भई, प्रत्यक्ष्य र अप्रत्यक्क्ष रुपमा आम्दानी गरेको सम्पती र अपराधीक क्रियाकलापमा प्रोत्साहिक गरी , सहयोगी भई , कसैको जिवनसँग , समाजसँग, धर्मसँग खेलवाडा गरी वा कुनैपनी किसिमका अपधारीक कार्य सँग संग्लग्न भई आर्जेको वा खर्च गरेको सम्पतीको विरुद्ध गरिने, कारवाहीलाई Anti Money Laundering(AML)/Compacting Financing Terrorism (CFT) भनिन्छ । आज विश्व यहि चुनैतिलाई सामना गर्न अघि सरेको छ । हामी यसमा सामेल भै सकेका छौ । हाम्रो देश पनि यस्ता सँपतीको निवाकरण गर्न , खोजतलास गरी जफत गर्न अधिबढीसकेको छ ।

“युरोपमा केही दशक अघि, राज्यले को सँग कति सम्पत्ती छ र त्यो सम्पत्ती आर्जेको प्रमाण देउ भन्ने क्रममा , धेरैले आफ्नो कालो धनलाई सेतो बनाउने उदेश्यबाट आफ्नो आय श्रोतलाई लुगा धोएर कमाएको भन्ने प्रमाण दिदै कालोधन सुद्धिकरण भएको कारण नै Money Laundering  भन्ने शब्द आएको भन्ने मैले बुझेको हो । त्यस्ता अप्रत्यासित, अच्चम खालको र वास्तविकता सम्म केलाउन कठिन आयश्रोतका कारण नै, त्यसको सत्य तथ्य र वास्तबिकतालाई उजागर गर्नकोलागी Anti Money laundering भन्ने नितिको निर्माण भएको हो ।”

मैले बुझेसम्म पहिले KYC को अवधारणा लाई विस्तृत रुपमा केलाउने प्रयास गरिएको थियो । KYC अर्थात Know Your Customer  ग्राहकको पहिचान, उसको वास्तविकता, उ सँग सम्बन्धीतको परिचय, तथा ढेगानाहरु नै बैंकको लागी अत्यावश्यक कागजात मानिन्थ्यो । त्यसबाट आफ्नो ग्राहाक के हो, कस्तो हो, काँहाको छ भन्ने र नजिक को नातागोता तथा उ सँग सम्बन्धीत सोध खोज मात्र आवश्यक ढानिन्थ्यो । तर केहि समयको अन्त्तरमा यसले थप चुनैतीहरु निम्त्याएको कारण, अव प्रत्येक ग्राहकसँग सम्बन्धीत आय व्यय, सम्पत्ती विवरण प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रुपमा भोग आर्जेको सबुत प्रमाण चलनमा रहेको र समय सापेक्ष जोडीएको सम्पत्तीको विवरण माथी अनुसन्धान गर्न थालीयो। जसले गर्दा राज्यले पाउनु पर्ने कर, राजश्व जस्ता संवेदनशिल आय भए गरेको कारोबारसँग मिल्ने खालको निति नियम ल्याउने क्रममा, अवैधनिक सम्पत्तीको खाजी गर्ने गरियो । यसरी AML को सुरुवात भएको हो । तर जब विश्व अपराघिक कृयाकलाप, जातीय, धर्म र देश–देश बिच लडाई सँग बाधिन थाल्यो । जब इ.वि. २०११ को अमेरीकाको घट्ना सँग प्रत्यक्ष्य रुपमा गासियो त्यसपछी AML/CFT  को नामबाट नयाँ अवधारणा सहित सम्पती सँग अन्य कुराहरुको पनि मुल्याकंन हुन थाल्यो ।

“नेपालको अवस्थालाई हेर्ने हो भने KYC को सुरुवात २००२ बाटनै चर्चामा आएको हो । नेपाल राष्ट्र बैंकले २००६ मा यस सम्बन्धी नितिको सुरुवात गरेको पाइन्छ । KYC guidelines by NRB in 2007  बाट बैंक तथा वितिय सस्थालाई आफ्नो ग्राहाकहरुको पहिचान गर्नुस भन्ने निर्देशन विस्तृत रुपमा आयो । सो समयमा Anti laundering prevention act 2008 /rule 2009 को साथै FIU directives जारी गरिएको पाइन्छ ।”

FIU नेपालको सबैभन्दा वलियो संस्थाको रुपमा छ । यो AML/CFT र KYC सम्बन्धी बैंक तथा वितिय संस्थामा गरिएको निति निर्देशन सम्बन्धी, भए गरिएका क्रयाकलापलाई अनुगमन गर्ने संस्था हो । यसमा देशका प्रतिष्ढित पदमा रहेका व्यक्तीहरु पदेन सदस्य हुन्छन ।FIU का Director पर्देन सदस्य सचिब हुन्छन् । यसमा सदस्यहरुको रुपमा मन्त्री स्तरिय देखी मन्त्रालय वा विभागका प्रमुखहरु, नेपाली सेना, प्रहरीका प्रमुखहरु, लगायत विभिन्न ओहदाका व्यक्त्तिहरु सदस्य हुन्छन । सम्पत्ती सुद्घीकरण गर्ने मन्त्रालय, विभागको प्रमुखहरु सदस्य हुन्छन् । नेपालमा यसको कार्यालय हाल नेपाल राष्ट्र बैंकमा छ ।

यसको जिम्मेबारी पनि नेपाल राष्ट्र बैंकलाई FIU directives नै दिईएका पाईन्छ । त्यसैले अपराधीक क्रियाकलापबाट आर्जेको सम्पतीको लेखाजोखा गर्नका लागी नेपाल राष्ट्र बैंकले AML/CFT directives no.19 लाई निर्देशनको रुपमा लागु गर्न सबै बैंक तथा वितिय क्षेत्रलाई २०१२ इ.वि मा निर्देशन जारी गरेको पाइन्छ । त्यसैले आजको समयमा नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वितिय संस्थाहरुको निरिक्षण गर्ने क्रममा दुबै किसिमका सुपरिवेक्षण अर्थात Financial activity सँम्बन्धीत सुपरीवेक्षणका साथै  AML/CFT सँग सम्बन्धीत सुपरिवेक्षण पनि गर्ने गर्दछ । यो आजको समयमा सबै बैंकले गर्नुपर्ने, पु¥याउनु पर्ने आवश्यक काम भित्र पर्छ । त्यसले हरेक बैंक तथा वितिय संस्थाले आफ्नो ग्राहकलाई आफ्नो परिचयका साथै सम्पती सुद्घीकरण तथा अपराधिक कार्यमा वितिय लगानी निवारण सम्बन्धी व्यवस्थाका लागी आवश्यक सुचना अधावधिक गर्न अनुरोध गरीरहेका हुन्छन ।

सुचनाका माध्यमबाट Electronic media/Phone/SMS वा सबै खाले सन्चारका माध्यमबाट जानकारी गराई रहेका हुन्छन् जुन अति आवश्यक छ । यसलाई ग्राहकले सहज रुपमा लिनुपर्ने हुन्छ भन्ने मलाई लाग्छ ।

यसको उदेश्य के हो भनेर कसैले प्रश्न गर्छ भने यस्ता अपराधिक क्रियाकलाप देश भित्र र देश बाहिर कति भएका छन् किन भएका छन्, हुनुका कारण के हुन र कुन त्यस्तो तत्व हो जस्ले अपराध सँग सम्बन्धीत क्रियाकलाप लाई बढावा दिएको छ, भन्ने खोजका गतिविधीबाट भएका, गरेका र यसमा संग्लग्न भएका तथ्यको खाजे र समाधानका उत्कृष्ट उपायको लागी गरिने कार्य नै यसको उदेश्य हो । यसको अलवा यो अपराध कुन गतिमा र के को आधारबाट भएको छ , गरिएको छ, भन्ने अध्यनका लागी हुने कार्य हो । यसबाट आफ्नो देश भित्र भएका र हुन सक्ने अपराधीक गतिविधीलाई न्युनीकरण गर्ने उदेश्य हो । अन्तराष्ट्रिय प्रसंगलाई हेर्ने हो भने, यो ठुलो विषय हो । जसको लागि UN conversations हरु पनि भएका छन् । 1988 को narcotic drug conventions, convention against transactional organized crime: 2002,convention for suppression of the financing terrorism: 1998, conventions against corruptions: 2003, Eu conventions on laundering: 1990, SAARC conventions on terrorisms and trafficking,  joint conventions notes of  BCBS, IAIS, IOSCO to compact ML/TF 2005, FATF-1986, 1990 and 2001,20012 जस्ता धेरै उदारहणहरु हामी पाउछौ ।

नेपालको सर्दभमा APG (Asia Pacific Group) 1997, CFATF: 1994, council for eastern and southern  anti money laundering group: (ESAAMLG) 1999, Eurasian group (EAG): 2004, Middle east and north Africa financial action task force: (MENAFATF) 2004, जस्ता धेरै उदारहणहरु छन् । आजको दिनमा सबै संघ-संगठन् बिच भएका सम्झौता र गोष्ढीबाट AML/CFT का लागी ४० वटा निर्देशनहरु जारी भएका छन् जुन सबै देशको लागी एउटै किसिमको छ र विश्व व्यापी रुपमा यसलाई लागु गरिएको छ । जुन नेपालको सन्र्दभमा पनि लागु भई सकेका छन् । जसलाई हामी AML/CFT policies and coordination rule of R-1 to R-40  भनेर बुझादछौँ । यि R-1 to R-40 का निति नियमहरुलाई कार्यान्वन गर्नकालागी थप वर्गीकरण गरिएको छ । यसबाट कुार्य क्षेत्रले कति महत्व पाएको छ र कसलाई कति प्रतिसत सम्म जिम्मेवारी दिने भन्ने एउटा खाका तयार गरिएको छ । वर्गीकरण कामको स्वभाव र यसमा लिनुपर्ने मुख्य भुमिकाको रुपमा वर्गीकरण गरिएको छ । देश भित्र रहेका जिम्मेवार सरकारी, अर्धसरकारी, तथा संघ- संस्था लगायत मन्त्रालय र सदन सम्मलाई जिम्मेबार बनाएको छ ।

जो यस प्रकार छ : 
१) निति निर्माण र सुचना पक्ष     -7.5%
२) कानुनी सम्मत नियमन पक्ष   –  12.5%

३) बैंक तथा वितिय संस्था पक्ष       –  50%
४) संसदीय व्यवस्था र नियमकारी पक्ष –  7.5%
५) अन्त्तराष्ट्रीय संघ संगढन पक्ष  –  12.5%
६) अन्य, जसमा सबै सरोकारवाला पक्ष  – 10%

इसमा प्रष्ट के देखिन्छ भने बैंक तथा वितिय संस्थाको जिम्मेबारी 50%  छ भने अन्य सबैले मिलेर 50%  ओगटेको पाइन्छ । यसको अर्थ कालो धनलाई रोक लागाउने जिम्मेवारी बैंक तथा वितिय संस्था र सो सँग सम्बन्धीत कर्मचारी कै बढी महत्व भएको देखीन्छ । यस्ता काला धनलाई सुद्धीकरण गर्नका लागी आज होस या भोली, या केही समय पछि बैंकभित्र नै आउन पर्ने व्यध्यताका कारण पनि बैंक तथा वितिय संस्थालाई यत्रा ठूलो जिम्मेबारी दिइएको भन्नेमा कुनै गलत नहोला । अब नैतिक जिम्मेबारी बोक्न पर्ने बैंक तथा वितिय संस्था र त्यसमा कार्यरत क्रमचारीको कार्य कूशलता, आचारण र व्यवहारले नै अपराधीक क्रियाकलापमा संग्लग्न भएर आर्जेको धनलार्ई रद्धी कागज बनाउन सक्ने क्षमता, तिर्ने कर्मचारीहरुमा निहित भएकाले पनि आज KYC को सट्टा KYC  ले पदस्थान गरेको पाइन्छ ।

यो चुनौती होईन म यसलाई सुद्धीकरण गर्ने अवसरको रुपमा लिन्छु ।

यसमा देश भित्र भएका गितिविधीबाट हुने आर्थीक कारोबारको सम्बन्धले गर्दा बढी सर्तकता अपनाइने हुनाले कारोबारको सम्बन्धमा बढी चनाखो हुनु पर्छ । सबै खाले आर्थीक क्रियाकलापबाट गरिने, आय श्रोत र आय आर्जनलाइ विषेश रुपमा हेरिन्छ, अध्यन गरिन्छ । जसमा सबै किसिमका व्यक्तीहरुको तथाङ्क संकलन गरी त्यसको अध्ययन गर्ने प्रचलन छ । साना देखि ठूला अपराधमा संग्लग्न भएका र सो सँग सम्बन्धीत आयको क्रियाकलापमा हुने गरिएका सबै प्रकारका व्यवहार, उपयोगीता, उपभोग, वाध्यात्मक अवस्था देखि नैतिकताका प्रश्न सम्मलाई केलाएर अध्ययन गर्ने चलन छ ।

जसले ल्याउने निचोडले देश भित्र तथा अन्तराष्ट्रीय स्तरमा, शान्ती, भाइचारा, मित्रतालाई कायम गर्छ भने अपराधिक संघ संगढन र क्रियाकलापलाई निश्क्रय गर्न सहयोग गरेको हुन्छ । त्यसैले यो सबैको इच्छा र उदेश्य भएको कारण म यसलाई अवसरको रुपमा लिन्छु । जसमा सामान्य नागरीक देखि ठूला पदमा रहेका व्यक्त्ति सम्मको लागी अध्यनको विषय हुन सक्छ । ठुला पदधारण गरेका देखि राजनितीमा संग्लग्न भएको प्रत्यक्ष्य र अप्रत्यक्ष्य व्यक्त्तीहरुको समेत अध्यन हुन्छ । आर्थीक क्रियाकलापमा हुने, गरिएका सबै खाले अध्यनहरु यसमा गरिन्छ । जुन माथी तोकिएका सबै श्रेत्रबाट आआफ्नो प्रकियागत ढंगले गर्दछन् । यो कुनै व्यक्ती, संस्था, संघ, कार्यालय, बैंक तथा वितिय संस्था एउटाको अध्यनबाट मात्र निष्र्कणमा पुगीने होइन, सबै खाले अनुसन्धान हुन्छन नियमीत रुपमा निरत्तरता दिइन्छ र त्यसको समाधान खोजिन्छ । जसमा बढी बैंक तथा वितिय संस्थाको हुन्छ । उसको ग्राहक सँगको कारोबार, परिचय र सबै आवश्यक अध्यनबाट हुन्छ । त्यसैले म बैंकर भएकोले यसलाई चुनौती हौइन अवसरको रुपमा देख्दछु ।

राज्यसँग धोका दिने, कर, राज्श्व चुहावट गरि कमाउने, अनैतिक तवरले सम्पती कमाउने निति नियम विरुद्ध गई, सम्पती आर्जन गर्नेहरुको लागी यो चुनैती होला , तर सुद्धरुपमा आय आर्जन गरि देश र संस्थाको निति निर्देशन पालन गर्नेको लागी यो अवशर हो । कर तिरेर आफ्नो सम्पतीको कारोबार गर्न , यसले कतै र कुनै व्यवधान खडा गर्दैन भने तपाई असल नागरीक बन्न, बनाउन र समाजमा एउटा प्रतिष्ढित जिवन व्यापन गर्न चुनौती कसरी भयो । यो त अवसर हैन र आफुलाई देशको एउटा अशल नागरिक बनाउन । त्यसैले यो अवसर हो ।

संकास्पद कारोवार पनि नगरौ, गर्न पनि नदिऔ , कसैले अपराधीक किय्राकलाप बाट आर्जेको सम्पतीमा साथ दिएर आफुलाई सँगै सँगै हिडने नबनाउ र यस्ता कार्यलाइृ आजै राकौ । काला धन, काला व्यवहार, सबै खाले क्रियाकलापको विरोध गरौ अनि आफुलाई पनि सुद्धीकरण गरौ । यो अवसर हो चुनौती हाइन ।

AML ले कस्ता खालका कारोबारलाई अवैध मान्छ ?
१) लागु औषध कारोबार
२) हातहतियार सम्बन्धी अवैधनिक करोबार
३) मानववैच विखन कारोबार
४) अवैधानिक यौन व्यवसाय कारोबार
५) भ्रष्टाचार सँग भएको कारोबार
६) जालुसाजी सम्बन्धीत कारोवार
७) झुटो प्रमाण पेश गरेको कारोबार
८) अवैधनिक समुन्द्रपार व्यवसायीक कारोबार
९) अपराधिक संग संग्लग्न कारोबार
१०) कर छली तथा राजश्व छाली सँगको कारोबार
११) स्मङ्गलीङ्ग कारोबार
१२) अपराध हत्या हिंसा सँग भएको कारोबार
१३) संगढीत अपराधिक सँगको कारोबार

यि सबै खाले कारोबारलाई AML/CFT  ले अवैध मान्दछ । यस किसिमका क्रियाकलापमा भए गरेका कारोबार र त्यसबाट आर्जेको सम्पती पनि AML/CFT को निगरानी आउने गर्दछ । UNODC report, October 2011 का अनुसार अपराधीक खालका पैसा विश्वमा 3.6% of global GDP 2.7% (or USD 1.6 bilion ) प्रती वर्ष Money laundering  हुने गरेको तथाङ्ग छ । जुन पैसा बैंक तथ वितिय क्षेत्र भित्र आएको तथाङ्ग मात्र हो । जसले हामी बुझन सक्छौ कि विश्वमा अपराधिक क्रियाकलापबाट कति देश, संस्था र व्यक्त्ती सिकार भएका छन् । यसता खालका अपराधीक रुपैया–पैसा विकसीत मुलुकमा भन्दा अविकसित मुलुकमा धेरे प्रयोगमा ल्याएर अपराधिक किय्राकलाप गर्ने गराउने तथा अनैतिक तत्वबाट कमाउने, सम्पति आर्जेको धेरै उदारहणहरु हामी माझ हामीले पाएका छौँ । यसमा यस्ता देशहरुमा कर तथा राजस्वद्घलिको अांकडा 50%  अनुमान गरिएको छ । विश्व भरिको विकसीत देशहरुको तथाङ्ग केलाउने हो भने यो अझ बढी हुन्छ लगभग दोव्वर नै नहोला भन्न सकिन्न ।

बैंक तथा वितिय संस्थाका लागि AML/CFT को प्रकिया केहि समय झन्झटीलो होला, अलि समय बढी लिने प्रकिया हुन सक्छ, सबै ग्राहकको परिचय लिन समय लाग्न सक्छ तर एकपटक यसको दायरा भित्र आएका ग्राहकहरुबाट बैंकलाई सधैको लागि कारोबार गर्न सजिलो र फाइदा मुलुक हुन्छ । अपराध र अपराधीक कार्यबाट आएको सम्पतीको लेखा जोखा हुन त्याले पछि समाज पनि स्वच्छ बन्न सफल हुन्छ । अनैतिक क्रियाकलाप हुन थाले पछि, सबैले आफ्नो खुद्र कमाईमा बाँच्ने र सुद्धीकरण गर्ने छन् । देश विदेश तथा अन्तराष्ट्रीय जगतबाट सो व्यक्ती को पहिचान AML/CFT बाट राम्रो हुन्छ । त्यो कारण केहि लाखापाखा लाग्छन भने केहि निर्धक्क भएर आफ्नो देश विदेशमा आवत जावत पनि गर्न सक्छन् । त्यसैले यस्तो कार्यबाट हुने उपलब्धीलाई अवसरको रुपमा लिनु पर्छ भन्ने मलाई लाग्छ ।

Money laundering  कसरी हुन्छ ?

 

यसका ३ प्रकारका कार्य हुन्छन् ः

1- Placement

2-  Layering

3- Integration

Placement:-

Placement भन्नाले कुनै पनि अवैध सम्पतीलाई वैध बनाउनको लागि जम्मा गरिने प्रकिया हो । जसको मुलतः बैंक तथा वितिय संस्थासँग जोडीएको हुन्छ । त्यसैले पनि बैंक तथा वितिय संस्थालाई यसको AML/CFT को निराकरणका लागि ५०% जिम्मेवारी दिइएको हो । अपराध गरेर, कमाएको सम्पती बैंक तथा वितिय संस्थामा आउन, यसको जम्मा हुनु नै पहिलो डर लाग्दो अवस्था भएकोले यसलाई जम्मा गर्ने प्रकिया लाई (Placement)   भन्दछन् । व्यवस्था अपनाउन र ग्राहक सम्बन्धी परिचय र सम्पती सुद्घीकरण र आंतककारी वितिय लगानी सम्बन्धी ऐन, नियमावली आउनु र बैंक तथा वितिय संस्थालाई अझ थप मजबुत बनाउनुको कारण पनि यहि हो ।

Layering :-

Layering भन्नाले यसरी जम्मा भएको पैसाहरुको परिचालन भिन्न भिन्न कारणबाट, एक बाट व्यक्तीमा कारोबार गर्ने वा गराईने प्रक्रिया हो, झट्ट हेर्दा यस्ता कारोवारमा वास्तविकता दृखीए पनि यो सबै कारोबार संकास्पद किसिमले भए, गरेको पाइन्छ । यसले अपत्यरिलो कारोवार भएको भान हुन्छ । एकवाट धेरै सँग , धेरै प्रकारले कारोबार हुने गर्दछ ।

Integration :-

Integration विभिन्न व्यक्ती सघं संस्थासँग यस्ता कारोबार गरी छरिएर रहेका सम्पतीलाई एकै ठाँउमा ल्याइने प्रकिया हो । जसले गर्दा यस्ता सम्पती बैघ भएको भन्ने हुन्छ र यस्ता प्रकियाले आर्जेको सम्पतीमा संकात्मक हुन्छ । आतंककारी तथा अपराधीक क्रियाकलाप भन्नाले कुनै पनि व्यक्त्ती, संस्थासँग वा लाई स–सानो रकम देखी आवश्यकता अनुसार खर्च गरीएको सम्मपतीको लेखा जोखा हो । यसमा प्राप्ती गर्ने सबै अपराधीक क्रियाकलापमा सहयोगी भएको मानिन्छ । ज्ञान अज्ञानमा लिए दिएका रकम वा सम्पती पनि अपराध सघाउन प्रयोग भएको कारण जो कोहि पनि पर्न सक्छ भन्ने अनुपयूक्त नहोला । त्यसैले विना जानकारी, बिना प्रमाण कसैसँग गरिएको यस्ता खाले कारोबारमा पनि संग्लग्नता हुने र देखिने हुदाँ, यस्ता क्रियाकलापलाई निरुहस्तहित गर्न, यसलाई बुझन जरुरी छ । अव सबैमा यस्को ज्ञान हुन जरुरी छ । Money laundering मा ठूला रकमको खेला हुन्छ भने आंतककारी गतिविधीमा साना रकम बाट यसको सुरुवात भएको पाइन्छ । त्यसैले यि दुई एक्कै सिक्काका दुई पाटा हुन् तर पहिचान फरक हुन्छ ।

त्यसैले आफ्नो व्यपसाय देखी घर–घरमा सम्म गरिने खर्च, सम्पतीको प्रमाणी करण आजै गर्ने र AML/CFT  बाट हुन सक्ने कारवाही बाट बच्न आजै सबैलाई म आग्रह गर्दछु । बैंक तथा वितिय संस्थागत्त वा कुनै पनि प्रकारका खाताहरु अधावघीक गराई आफ्नो अशल नागरीकको परिचय दिउ । यो कुनै २००० volt को करेन्ट वा बाघ, सिंह भालु होइन । यस बाट आम नागरीक डराउनु पर्दैन तर यसलाई गरिने सहयोगबाट देश भित्र रहेका, चोर फटाहा, जालसाजी गर्ने, अपराध गर्ने, आतंककारीको पर्दाफास गरी नाङगो बनाउन सफल बनौ, देश कंगाल हुनबाट बचाउ र भावी सन्ततीको लागि सुन्दर देश सिर्जना गरौं । त्यसैले यो चुनौति होइन अवसर हो भन्दछु ।

यसमा तपाइको मत