रियल मड्रिड अलाभेससँग पराजित

रियल मड्रिड स्पेनिस ला लिगा लिग फुटबलमा अलाभेससँग पराजित भएको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा अलाभेसले रियल मड्रिडलाई १-० गोलले पराजित गरेको हो । अलाभेसको जितमा मनु ग्रासियाले गोल गरेका थिए ।

पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको अन्तिम समयमा रियल मडि्रड अलाभेससँग चुक्यो । अतिरिक्त समयमा ग्रासियाले गोल गर्दै अलाभेसलाई जित दिलाएका हुन् ।

यसमा तपाइको मत