दश करोड चुक्ता पूँजी पुर्याएका लघुवित्तहरुले विद्युतीय भुक्तानी सेवा संचालन गर्न पाउने

Arthikbazar – लघुवित्त वित्तीय संस्थाहरुले पनि विद्युतीय भुक्तानी सेवा प्रदायकको सेवा संचालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त लघुवित्तीय संस्थाहरुलाई तोकेको मापदण्ड पुरा गरेको अवस्थामा यस्तो सेवा संचालन गर्न अनुमति दिने भएको छ ।

राष्ट्र बैंकले तोकको मापदण्ड अनुसार विद्युतीय भुक्तानी सेवा संचालन गर्ने लघुवित्तीय संस्थाको चुक्ता पुँजी कम्तिमा १० करोड रुपैयाँ पुग्नुपर्नेछ ।

यसैगरी कम्तिमा २० वटा शाखा कार्यालय सञ्चालन गरी २० हजार ग्राहकसँग कर्जा–बचत कारोबार गरेको हुनुपर्ने छ ।त्यस्तै राष्ट्र बैंकमा पेश गर्नुपर्ने तथ्यांक अनलाइन मार्फत पेश गर्ने प्रतिबद्वता पत्र पेश गरेको हुनुपर्ने तथा भरपर्दो सूचना प्रविधि प्रणालीको प्रयोग गरेको हुनुपर्ने छ ।

तोकिएको मापदण्ड पूरा गरेका लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको अनुमति लिएर विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न सक्नेछन् ।

यसमा तपाइको मत