मेलम्ची खानेपानी काठमाडौंमा दुई महिनाभित्रै आईपुग्ने

आर्थिक बजार – मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कँडेलले अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने दावी गरेका छन् ।

राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेल ६ भागमाा बाँडेर फिनिसिङ गर्ने काम भईरहेको जानकारी दिए ।

अब आयोजनामा करिव १० किलोमिटर सुरुङमा फिनिसिङको गर्न बाँकी रहेको उनले बताए ।  दैनिक २ सय देखि २ सय ५० मिटरसम्म फिनिसिङको काम भईरहेको छ ।

आयोजनाको लागि आवश्यक सामग्रीहरु अबको तीन साताभित्र आइपुग्ने र भनेअनुसार कम भए टनेलको काम करिव डेढ महिनामा सकिने उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत