विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा सुरु

Arthikbazar – विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलन आज देखि सुरु भएको छ। विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडीसी) ले नेपालमा गर्न लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ। १८ बर्षपछि नेपालमा यो सम्मलेन भएको हो ।

उक्त सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी छन् । सम्मेलनमा विदेशी मुलुकबाट करिब २ सय तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहने छ ।

सम्मेलन मार्फत पुनर्बीमा कम्पनीले आफ्नो व्यावसायिक दायरा बढाउन सक्नेछन् । सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको छ ।

सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि-इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलार्इजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बीमा क्षेत्रको नियमनका क्रममा उपयोग गर्ने बीमा समितिले जनाएको छ ।

नेपालमा १८ वर्षपछि दोस्रोपटक बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भएको हो । यसअघि सन् २००० मा पनि यस्तो सम्मेलन भएको थियो। एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ । सम्मेलन काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा सुरु भएको छ ।

यसमा तपाइको मत