राजधानीका यी क्षेत्रमा आज दिनभर हुनेछ लोडसेडिङ

arthikbazar –  राजधानीको बालाजु सवस्टेशनबाट विद्युत्त आपूर्ति हुँदै आएका क्षेत्रहरुमा आज केही घण्टा लोडसेडिङ हुने भएको छ ।

सडक विस्तारलगायतका कार्यमा सहजीकरण गर्न विद्युत्त आपूर्ति कटौती गर्दै आएको प्राधिकरणले वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्मको सडक विस्तारको लागि शुक्रबार ती क्षेत्रमा विद्युत्तभार कटौती गर्न लागेको हो ।

अहिले बिहान ८ बजेदेखि शुरु भएको विद्युत्तभार कटौती दिउँसो ३ बजेसम्म जारी रहने प्राधिकरणले जनाएको छ ।

विद्युत्तभार कटौती भएपछि पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा दिउँसो ३ बजेसम्मका लागि विद्युत् आपूर्ति बन्द भएको छ ।

बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि दिउँसो ३ बजेसम्म लोडसेडिङ हुने जानकारी वितरण केन्द्रले दिएको छ ।

यसअघि पनि प्राधिकरणले उपत्यकाका विभिन्न क्षेत्रको सडक विस्तारमा सघाउन विद्युत्तभार कटौती गरेको थियो ।

यसमा तपाइको मत