यस कारण बैंकले एक करोड अस्ट्रेलियन डलर ल्याउन सक्ने

आर्थिक बजार –  बाणिज्य बैंकहरूले विदेशबाट एक करोड अष्ट्रेलियन डलर ल्याउन सक्ने भएका छन् । यसअघि बैंकहरूले एक करोड अमेरिकी डलर विदेशबाट ल्याउने पाउने व्यवस्था थियो ।

पछिल्लो समयमा अमेरिकी डलरसहित अस्टे«लियन डलर तथा अन्य देशका मुद्रा नेपाली रूपैयाँको तुलनामा बलियो हुँदै गएपछि नेपालमा समेत अस्ट्रेलियन डलरको माग बढ्दै गएपछि केन्द्रीय बैंकले बाणिज्य बैंकहरूलाई विदेशबाट ल्याउन सक्ने व्यवस्था गरेको हो ।

त्यसका साथै नेपाल भ्रमण आएका पर्यटकले डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने तर, नेपाली विदेश भ्रमण जाँदा कार्ड प्रयोग नगर्ने भएकाले डलरको अभाव भएको केन्द्रीय बैंकले जनाएको छ । उक्त समस्या समाधान गर्न केन्द्रीय बैंकले बाणिज्य बैंकहरूलाई अस्ट्रेलियन डलर ल्याउन अनुमति दिएको हो ।

आयात गरेको अमेरिकी तथा अस्ट्रेलियन डलरमा बजारको विनिमय दरभन्दा ३० पैसा धेरै लिएर बिक्री गर्ने पाउने व्यवस्था गरिएको छ । डलर ल्याउँदा कार्गो, बिमालगायतका खर्च लाग्ने भएकाले सो शुल्क लिन केन्द्रीय बैंकले अनुमति दिएको हो ।

बाणिज्य बैंकहरूले विदेशी बैंकमा भएको आफ्नो खाताबाट डलर ल्याउन राष्ट्र बैंकले अनुमति दिएको थियो । उक्त व्यवस्थाले बाणिज्य बैंहरूले विदेशी बैंकका रहेको खाताबाट सहज हुने जुनसुकै मुलुकबाट डलर ल्याउन सक्नेछन् ।

रेमिट्यान्स र अयातमा आधारित अर्थतन्त्र भएकाले विदेशी मुद्राको आवश्यक धेरै पर्छ । न्यून निर्यात भएपछि विदेशी मुद्राको अभाव हुन्छ । केन्द्रीय बैंकले विदेश जाने नेपालीका लागि डलर लैजाने सिमामा समेत केही खुकुलो गरेपछि अभाव बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको हालको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत २,५०० अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार भित्र्याएको अस्ट्रेलियन डलर सटही गर्दा सक्दो बैंकिङ कारोबार मार्फत नै प्रोत्साहन गर्नुपर्नेसमेत केन्द्रीय बैंकले जनाएको छ ।

यसमा तपाइको मत