ठमेल तथा दरवारमार्ग क्षेत्रलाई व्यवस्थित र विकृतीरहित बनाउदै

arthikbazar – काठमाडौंको ठमेल तथा दरवारमार्ग क्षेत्रलाई व्यवस्थित बनाउन सहजिकरण सहयात्रा अभियान सुरु गरिएको छ ।

नेपाल प्रहरी, ठमेल पर्यटन परिषद्, स्थानीय र रात्रिकालिन व्यवसायीले ठमेल क्षेत्रलाई सहज, व्यवस्थित र विकृतीरहित बनाउन अभियान थालेका हुन् ।

अव्यवस्था र छिटफुट विकृतिका कारण प्रायः चौबिसै घण्टा चहल–पहल हुने ठमेल र दरबारमार्गमा स्थानीय, व्यवसायी र पर्यटकले समस्या खेप्नु परेपछि सबै सरोकारवाल एकजुट भएका हुन् ।

अभियानअन्तर्गत ठमेल र दरवारमार्ग क्षेत्रमा चल्दै आएका गैरकानूनी गतिविधि, अवैध धन्दा र सडक बाबालिकासहित पार्किङको व्यवस्थापन गरिने छ ।

राजधानीका व्यवसायलाई मर्यादित र व्यवस्थीत स्वच्छ बनाउन यो अभियान सुरु गरेको ठमेल रात्रिकालीन व्यवसायी दवङ लामाले बताए ।प्रहरी प्रशासन, स्थानीय बासीन्दा रात्रिकालिन व्यवसायी , स्थानीय प्रतिनिधीको संयुक्त अभियान रहेको छ । यो अभियान निरन्तर रहिरहने सोह्रखुट्टेका प्रहरी प्रमुख गौतमकुमार केसीले बताए ।

केसीले अटेर गरी फुटपातमा व्यवसायी सञ्चालन गर्ने लापारवाही पार्किङ गर्नेलाई कानुनी कारबार्ही गर्ने समेत जानकारी दिए । काठमाडौंको प्रमुख पर्यटकीय र रात्रिकालिन गन्तब्यलाई व्यवस्थित बनाउन अभियान सार्थक हुने अपेक्षा छ ।

प्रहरीले स्थानीय र व्यवसायिको सहयोगमा दुबै ठाउँलाई क्रमशः विकृतिरहित बनाइने जनाएको छ ।

यसमा तपाइको मत