निर्मला पन्तका लागि न्याय माग्दै देशैभर बिशाल प्रदर्शन (फोटो सहित)

Arthikbazar – ५१ दिनअघि  बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउन दवाव दिने उद्देश्यले गर्दै राजधानीको माइतीघरमा बिशाल प्रदर्शन गरिएको छ ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा  हजाराैं सहभागी भएका छन् ।

प्रदर्शनका क्रममा सहभागिहरुले:- मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ? सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी  लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

यसमा तपाइको मत