हेर्नुहोस् दशैंमा कुन गाडी किन्दा कति छुट : के-के छन् उपहार ?

Arthikbazar – दशैंको अवसरमा गाडी शो-रुममा सवारी हेर्ने, छान्ने र बुकिङ गर्ने क्रम तीव्र छ । दशैंको अवसरमा सबै गाडीका उत्पादक तथा वितरकहरुले विशेष योजना ल्याएका हुन्छन् ।

दशैं-तिहारका अवसरमा नयाँ सवारी किन्ने योजनामा रहेकाहरुलाई यो समय उपयुक्त अवसर बनेको छ । यो समयमा कम्पनीहरुले पनि विशेष छुट तथा सुविधाको घोषणा गर्ने भएकाले गाडी किन्ने मुख्य सिजन नै यही बनेको हो । यो ववर्ष पनि नजिकिँदो चाडबाड तथा अटो मेलालाई लक्षित गरेर कम्पनीहरुले ग्राहकलाई आकषिर्त गर्न विभिन्न छुट, उपहार, पुरस्कार तथा सुविधाजनक योजना ल्याएका छन् ।

यतिबेला शो-रुमहरुमा कम्पनीले दिने विभिन्न सुविधा लिएर गाडी किन्नेहरुको भीड देखिन्छ । गाडी उत्पादक कम्पनीहरुले पनि आफ्नो मुख्य कारोबारको समय भएकाले यस समयमा आफ्ना उपभोक्तालाई लक्षित गरेर नगद छुटसहित उपहारको योजनालाई प्राथमिकता दिएका छन् ।

सुजुकीमा ६ लाखसम्म छुट र सुविधै-सुविधा

सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोर्कपले दशैंका अवसरमा ६ लाखसम्म छुटसहित विभिन्न सुविधासहितको योजना ल्याएको छ ।

सुजुकीले ‘सुजुकी पर्बोत्सव डबल मज्जा’ अफर ल्याएको हो । यसमा सुजुकी गाडी किन्नेले ६ लाखसम्म नगद छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी एक्सचेञ्ज अफरमा ५० हजारसम्मको बोनसको व्यवस्था गरिएको कम्पनीका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यले बताए ।

यस्तै सुजुकी गाडी किन्दा अहिले २ वर्षसम्मको फ्री इन्स्योरेन्सको व्यवस्था गरिएको छ । कम्पनीले सिद्धार्थ इन्स्योरेन्सलाई आफ्नो पार्टनरका रुपमा लिएर यो सुविधा दिएको हो ।

गाडी किन्दा स्क्र्याच कार्डमार्फत १ लाखसम्म नगद जित्ने मौका पपनि ग्राहले पाउने शाक्यले बताए ।

कम्पनीले अहिले गाडी किन्दा एक वर्षको रोड ट्याक्स र रजिष्ट्रेशन निःशुल्क गर्ने व्यवस्था पनि गरेको छ । सन् २०१६ को मेडलमा विशेष डीलको व्यवस्था पनि गरिएको शाक्यले बताए ।

टाटाको १० सै तोला

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले चाडवाडको अवसर पारेर आˆनो नयाँ योजना ‘दशैंमा १० सै तोला’ ल्याएको छ ।

यो योजना अन्र्तगत ग्राहकले टाटाको कार खरिदमा १० तोलासम्मको पक्का सुन प्राप्त गर्न सक्ने जनाइएको छ ।


विक्रि, सेवा, स्पेयर पार्टस्का हिसावले ठूलो सञ्जाल बनाएको सिप्रदीले टाटा कारहरु स्ट्रोम, बोल्ट, टियागो र जेस्टको खरिदमा ग्राहकलाई १० तोला, ७ तोला, ६ तोला र ५ तोला सुन उपहार प्रदान गर्ने जनाएको छ ।

चाडवाडको अवसरलाई थप उमङ्गमय बनाउन टाटाले यो योजना ग्राहकवर्गमा ल्याएको जनाएको छ ।

हुण्डाईको छुटसहित ईलाइट-२० र एक्सेन्ट

हुन्डाई गाडीको नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेस्टिभ डिलाइट योजना ग्राहकहरु माझ ल्याएको छ । यो योजना कार्तिकसम्म लागू हुनेछ ।

यो योजना महान् पर्व दशैं र तिहारको उत्सव मनाउने लक्ष्य लिई ल्याइएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले नगद ५ लाखसम्मको छुट र १ वर्षे निःशुल्क वीमा पाउनेछन् ।

स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै लक्की-ड्र मार्फत सय जनालाई १०-१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत हुन्डाई ईलाइट-२० एक थान र हुन्डाई एक्सेन्ट एक-एक थान पाउनक्नेछन् ।

सबै हुन्डाईका कारहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्री सर्भिसिङ  का साथै निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण हुनेछ ।

महिन्द्राको एक्सयुभी ५०० जित्ने मौका

दशैं-तिहारको अवसरमा महिन्द्राले आफ्ना ग्राहकहरुका लागि बिग, बिगर, बिगेस्ट अफर ल्याएको छ ।

कम्पनीले ‘ठूलो छ अफर सबैभन्दा, ठूलै पाइन्छ महिन्द्रा किन्दा’ भन्ने नाराको साथ यो अफर सञ्चालनमा ल्याएको हो ।

यस अफर अन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनै पनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५ स्कूटर जित्ने मौका प्राप्त गर्नेछन् ।


यसैगरी, ग्राहकले १५ दिने बम्परमा महिन्द्रा मोजो ३०० सिसि अफ-रोड बाइक, इको-फ्रेण्डली बम्परमा महिन्द्रा इ २० र पि्रमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० जित्न सक्नेछन् ।

यो बम्पर अफर बाहेक ग्राहकले नाडा अटो शो अवधिभर महिन्द्राको जुनसुकै सोरुमबाट गाडी किन्दा इ २० र महिन्द्रा गस्टो १२५ जित्ने मौका पाउने छन् । साथै, महिन्द्राको स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरी लक्की ड्र बाट महिन्ऽा गस्टो १२५ समेत जित्न सक्नेछन् ।

यही भाऽ १३ देखि नेपालभर लागु गरिएको यो अफर सीमित अवधिको लागि रहेको छ । त्यस्तै, यो अफर महिन्ऽा एक्सयुभी र थारमा उपलब्ध छैन ।

रेनोको ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’

नेपालमा रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबिल (विशाल समूहको सहायक)ले विशेष उत्सव अफर ‘रेनो डबल उत्सव’ ल्याएको छ । दशैं तिहारलाई लक्षित गर्दै रेनो डबल उत्सब सार्वजनिक गरिएको हो ।

रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारा सहित आएको छ । जसले रेनो ग्राहकहरुलाई डबल फाइदा दिन्छ । स्योर शट नगद पुरस्कार र १ वर्षको निशुल्क इन्धन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो उत्सवमय अफरको एउटा भागको रुपमा, रेनो कार खरिद गर्दा ग्राहकहरुले सीधै ३ लाख रुपैयाँसम्मको स्योर शट नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसका साथै स्क्र्याच कुपन मार्फत ३ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

यसका अतिरिक्त, यो अभियानले रेनो कार खरिद गर्दा १ वर्षसम्मको निशुल्क इन्धन उपलब्ध गराउने छ । १ वर्षको सडक कर निशुल्क, स्पट फाइनान्सिंगको सुविधा, तत्काल मूल्यांकन, ५ वर्षको वारेण्टी र एक्सचेन्ज सुविधा छ ।

यो अफर रेनोको लजी, डस्टर र क्विडको ३ वटै मोडलका कारहरुको खरिदमा उपलब्ध रहेको छ ।

डाटसनमा ५ लाखसम्म नगद छुटको मौका

डाटसनले पनि दशैंको अवसरमा डाटसन ‘दशैंमय’ अफर ल्याएको छ । दशैं अफरमा २ लाख २५ हजारसम्म नगद छुटको व्यवस्था गरेको छ । सँगै १ लाख ३८ हजार ७ सय बराबरको फ्री एसशोसरिज पनि कम्पनीले उपलब्ध गराउनेछ ।

सँगै कुपन स्क्रयाच गरी ५ लाखसम्म नगद छुटको अफर पनि गरिएको छ । त्यसैगरी एक वर्षको बीमा सुविधासहित बम्परमा एक जनालाई रेडी गो कार जित्ने अवसर दिइएको कम्पनीले जनाएको छ ।

फोर्डमा चार लाखसम्म छुट

फोर्डले चाडपर्वलाई ध्यानमा राखी फोर्ड क्यासमा क्यास अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले फोर्ड गाडिको खरिदमा नियमित क्यास छुटका साथै लक्की ड्रमार्फत ८० हजारदेखि चार लाख रुपैयाँसम्मको अतिरिक्त नगद छुट पाउन सक्नेछन् ।


कुनैपनि ब्राण्डको गाडिसँग सट्टापट्टाको व्यवस्था पनि गरिएको छ । यो अवधिमा फोर्ड गाडि किन्नेलाई तीस हजारसम्मको अतिरिक्त सामान पनि दिइनेछ ।

फोर्ड गाडिको बुकिङमा ग्राहकले एउटा युनिक कोड प्राप्त गर्नेछ । उक्त कोड कम्प्युटर प्रोग्राममार्फत तुरुन्त ग्राहकले पाउने अतिरिक्त छुट घोषणा गर्नेछ ।

फोर्डले आˆनो गाडिहरुमा ८० प्रतिशतसम्मको फाइनान्सको व्यवस्था साथै ८ दशमबलव ९९ प्रतिशतसम्मको व्याजदर उपलब्ध गराइने छ । यो योजना नेपालभर फोर्ड फिगो, एस्पाइर, एको स्पोर्ट, रेन्जर र एन्डेभरमा लागू गरिएको छ ।

यसमा तपाइको मत