पहिरोका कारण नारायणगढ – मुग्लिन सडक अवरुद्ध

Arthikbazar – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।जलवीरे सडक खण्डको चारकिलोलगायत स्थानमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि दुवैतर्फका गाडी लामो जाममा फसेका छन् । वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत