प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त : दीपकराज जोशीले गरे स्वागत

Arthikbazar – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार नै पदभार ग्रहण गरे ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।

यसमा तपाइको मत