बजार ओरालो लाग्यो : सोमबार नेप्से ८.१० अंकको गिरावटसँगै १२१०.८८ अंकमा

Arthikbazar – सोमबार पनि सेयर बजार ओरालो लागेको छ । उत्पादनमूलक र माइक्रोफाइनान्सबाहेक सबै उपसूचक आरालो लागेपछि नेप्से परिसूचक ८.१० अंकको गिरावटसँगै १२१०.८८ अंकमा कायम भएको छ । दिनभरिमा १६२ वटा कम्पनीको ११ लाख ५९ हजार दुई सय ७२ कित्ता सेयर तीन हजार सात सय ९४ पटक खरिदविक्री हुँदा २७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

हाथवे फाइनान्स प्रोमोटरको सबैभन्दा धेरै झन्डै तीन करोडको कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । एनआईसी एशिया बैंक र कुमारी बैंकको एक करोडमाथिको कारोबार भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.६३, ८.०८, ७.८७ प्रतिशतका दरले कमाएका छन् । स्वदेशी लघुवित्त, नेरुडे लघुवित्त, मेगा बैंकका सेयरधनीले कमाएका छन् ।

ग्रीन डेभलपमेन्ट बैंक, सृजना फाइनान्स र सिद्धार्थ इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.५२, ६.१४ र ५.०२ प्रतिशतका दरले गुमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, ज्योति विकास बैंक, छ्याङ्दी हाइड्रो, समता माइक्रोफाइनान्सका सेयरधनीले गुमाएका छन् ।

यसमा तपाइको मत