प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सर्वसम्मत अनुमोदित

Arthikbazar – संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगतै समितिले सर्वसम्मतले अनुमोदन गरेको हो ।

अब मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिस,  संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसमा तपाइको मत