दोहोरो अंकले घटयो सेयरबजार :कारोबार रकममा समेत गिरावट

Arthikbazar – साताको पहिलो दिन आइतबार नेप्से १०.७९ अंकले घटेर १२१८.९८ अंकमा झरेको छ ।

यसदिन कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक ७.१६, व्यापार ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, जलविद्युत १४.४३, फाइनान्स १.०३, निर्जीवन बीमा ८५.९४, उत्पादनमूलक ६.८१, अन्य ८.०८, लघुबित्त २४.९३ र जीवन बीमा ६७.४२ अंकले घटेका छन्।

जम्मा ३० वटा कम्पनीका सेयरधनीले कमाएका छन् । एनआईसी एशिया बैंक र एनएमबि बैंकको दुई करोड तथा कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सेञ्चुरी बैंक प्रोमोटर, प्रभु बैंक र सिद्धार्थ बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

जानकी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.६० प्रतिशतले कमाएका छन् । काबेली विकास बैंक, सूर्योदय लघुवित्त, ग्लोबल आईएमई समुन्नत स्कीम, श्रीराम सुगर मिल्स, बुटवल पावर कम्पनी, आरम्भ माइक्रोफाइनान्स, सानिमा इक्विटी फण्ड, एभरेष्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स लगायतका सेयरधनीले कमाएका छन् ।

यता, ग्रीन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, विलय लघुवित्त, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले  गुमाएका छन् । बजार बढ्नु भन्दा अगाडि सस्तो मूल्यमा शेयर खरिद गर्नेहरु बजार बढेपछि नाफा सुरक्षित गर्न सक्रिय हुँदा यसको नकारात्मक प्रभाव परेको  छ । अल्पकालीन नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा नै बजारमा तिब्र उतार/चढाब देखिने गरेको छ ।

यसमा तपाइको मत