सरकारले मुलुक सिमेन्टमा आत्मनिर्भर छ भने पनि आयात २९ प्रतिशले बढ्यो

Arthikbazar – सरकारले मुलुक सिमेन्टमा आत्मनिर्भरनजिक रहेको दावी गरिरहे पनि तयारी सिमेन्ट तथा यसको कच्चा पदार्थ क्लिङ्करको आयात भने बर्सेनि बढ्दै गइरहेको पाइएको  ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४-७५ मा ३१ अर्ब १७  करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङ्कर आयात भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर हुन अझै निकै समय लाग्ने देखाएको हो ।

सरकारले मुलुक सिमेन्टमा आत्मनिर्भरनजिक रहेको दावी गरिरहे पनि तयारी सिमेन्ट तथा यसको कच्चा पदार्थ क्लिङ्करको आयात भने बर्सेनि बढ्दै गइरहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४-७५ मा ३१ अर्ब १७  करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङ्कर आयात भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर हुन अझै निकै समय लाग्ने देखाएको हो ।आव २०७३-७४ मा २४ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएकोमा गत वर्ष २९ प्रतिशत वृद्धि भइ ३१ अर्ब रुपैयाँको आयात भएको छ ।

अघिल्लो आव २०७२-७३ मा ११ अर्ब ६८ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएको थियो । सरकारले २०७४ साललाई ‘बेन्चमार्क’ राख्दै सिमेन्टमा आत्मनिर्भर हुने महत्वाकांक्षी योजना ल्याएको थियो । तर, सिमेन्ट तथा क्लिङ्करको आयातको अनुपातलाई हेर्दा भने आत्मनिर्भर हुुन अझै निकै समय लाग्ने देखिएको छ ।

२०७२ सालको भूकम्पले नेपालमा ८ लाखभन्दा बढी निजी आवास तथा ठूलो संख्यामा विद्यालय, स्वास्थ्य चौकी तथा सम्पदाहरूमा क्षति पु¥याएपछि पुनर्निर्माणका क्रममा परम्परागत निर्माण शैली बदलिएको छ ।

ढुंगा र माटोले बनेका अधिकांश घरहरू अहिले सिमेन्ट र बालुवाबाट बन्न थालेका छन् । कतिपयले ढुंगाको विकल्पका रूपमा इटाको समेत प्रयोग गर्न थालिसकेका छन् ।

यसरी पुनर्निर्माणले स्वरूप र निर्माण शैलीमै परिवर्तन ल्याउँदा सम्वन्धित सामाग्रिको आयात पनि बढेको छ । घर निर्माणमा सबैभन्दा बढी प्रयोग हुने निर्माण सामग्रीमध्ये सिमेन्ट मुख्य हो र अहिले यही सिमेन्ट उद्योगमा राष्ट्रिय तथा वाह्य लगानी आकलन गरिएभन्दा बढी विस्तार भइरहेको छ ।

भूकम्पले आम उपभोक्तामा सचेतना ल्याएको र खर्च गरेरै भएपनि बलियो घर बनाउनुपर्छ भन्ने पाठ सिकाएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा क्लिङ्करसहित भएकोले धेरै रकम देखिएको भन्दै अहिले पनि मागको तुलनामा वार्षिक २० प्रतिशतको हाराहारी क्लिङ्कर आयात भएको उनको भनाइ छ । “जबसम्म क्लिङ्करमा आत्मनिर्भर बन्न सकिन्न तबसम्म सिमेन्टमा देश आत्मनिर्भर हुन सक्दैन,” उनी भन्छन् ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष तथा शिवम् सिमेन्टका सञ्चालक सतिषकुमार मोर पनि भूकम्पपछि आम उपभोक्ता, निर्माणकर्ता तथा सरोकारवालामा जनचेनताको ‘प्यारामिटर’ निकै परिवर्तन भएको भएको बताउँछन् । व्यक्तिगत होस् या व्यावसायिक गुणस्तरीय निर्माण समग्रीको प्रयोग गर्नुपर्छ भन्ने शिक्षा भूकम्पले दिएको उनको अनुभव छ । भूकम्पपछि निर्माण सामग्री त्यसमा पनि सिमेन्टको मागमा अत्यधिक वृद्धि भएको छ ।

पहिले वार्षिक १० देखि १२ प्रतिशतको हाराहारीमा माग बढ्थ्यो भने अहिले १८-२० प्रतिशतसम्म माग बढेको उनले बताए । “अहिले सरकारले सञ्चालन गरेका कतिपय आयोजना ‘विकास साझेदारको सहयोगका’ आयोजना हुन्छन्, कतिपय विकास साझेदारका सहयोगमा सञ्चालनमा छन्् ।

त्यस्ता आयोजनाका लागि आउने  सिमेन्ट र छडहरू भारतबाट आउँदा ड्युटी छुट दिइएको हुनसक्छ,” उनी भन्छन्, “त्यही कारणले नै उनीहरूले भारतीय सिमेन्ट र छडहरू प्रयोग गरेको हो ।

”सिमेन्ट उद्योगमा आएका पछिल्ला वैदेशिक लगानी नेपाली उद्योगभन्दा निकै नै ठूला छन् । चिनियाँ कम्पनी होङ्सीले सिमेन्टले ३६ अर्ब लगानीको उद्योग स्थापना गरेको छ भने नेपालमा ८४ वटा सिमेन्ट उद्योगले सञ्चालन इजाजत लिएका छन् । जसमध्ये ४८ वटा सञ्चालनमा छन् ।

पछिल्लो तीन वर्षमा आयात 
आर्थिक वर्ष रकम
२०७२-७३ ११ अर्ब ६८ करोड
२०७३-७४ २४ अर्ब ३ करोड
२०७४-७५ ३१ अर्ब १७ करोड 
स्रोत– नेपाल राष्ट्र बैक 

 

यसमा तपाइको मत