साताको अन्तिम दिन ४.३६ अंकले घट्यो सेयर बजार

Arthikbazar – साताको अन्तिम दिन बिहिबार सेयर बजार ४.३६ अंकले घटेर १२२९.७७ अंकमा रोकिएको छ ।

बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, लघुवित्त र जीवनबीमा समूह क्रमशः ५.०९, ४.९४, १५.०९, १५.९६, ३.२२, ८४.०७, १५.०८ र ३८.८२ अंकले घटेको छ । व्यापार, उत्पादनमूलक र अन्य समूह क्रमशः ३.७६, २०.४१ र १४.०५ अंकले बढेका छन् ।

एनएमबि बैंकको  १० करोडमाथिको कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्स प्रोमोटरको साढे पाँच करोडको करोबार भएको छ । कुमारी बैंक, प्राइम बैंक, ग्लोबल आईएमई बैंक प्रोमोटर, नेपाल बैंकको दुई करोडमाथिको कारोबार भएको छ ।

काबेली विकास बैंकका सेयरधनीले ९.६५ प्रतिशतले कमाएका छन् । साल्ट ट्रेडीङ, प्रोग्रेसिभ फाइनान्स, एनएमबि हाइब्रिड फण्ड, सिद्धार्थ इक्विटी फण्ड, नेपाल इन्स्योरेन्सका सेयरधनीले कमाएका छन् ।

मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ९.२७ प्रतिशत गुमाएका छन् । युनाइटेड इन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रो, आईसीएफसी फाइनान्स, रैराङ हाइड्रो, स्वरोजगार लघुवित्तका सेयरधनीले गुमाएका छन् ।

दिनभरिमा १७४ वटा कम्पनीको ३२ लाख २८ हजार पाँच सय ६९ कित्ता सेयर आठ हजार पाँच सय ८५ पटक खरिदविक्री हुँदा ७९ करोड ३३ लाख ८६ हजार तीन सय ६८ रुपैयाँको कारोबार भएको छ ।

यसमा तपाइको मत