संसारकै गरिब राष्ट्रपति जो बाच्नको लागी कुखुरा पाल्छन,सरकारले दिएको सुविधा जनताको लागी प्रयोग गर्छन !

Arthikbazar – राष्ट्रपति जोसे बस्दै आएको घर उनले आत्मसात गरेको दर्शनले उनलाई जिवनको उद्धेश्य सम्पती कमाउनु र धनी बन्नु होइन, मुलुक र गरिबहरूको भलाईका लागि काम गर्नु हो भन्ने सिकाएको थियो । १४ बर्षे गुरिल्ला जिवनको क्रममा उनी दुइपटक जेल परे र ६ पटकसम्म हत्त्या प्रयासबाट जोगिए । २०१० मा राष्ट्रपती भए यता पनि देश र गरिब जनताका लागि उनको संघर्ष भिन्न रूपमा जारी छ ।

राष्ट्रपति जोसेले चाहेको भए उनी सुन्दर राष्ट्रपतिभवनमा बस्न सक्थे । तर उनले आफू बस्नका लागि अत्यन्त साधारण घर रोजेका छन जहाँ उनी आफ्नी पत्नी र एउटा कुकुरसङ्ग बस्दै आएका छन । यसरी उनि एउटा राष्ट्र्पतीले अरूको भलाईका लागि आफ्नो निजि सुखसयल त्याग्न सक्छ भन्ने कुराको सजिव उदाहरण बनेका छन ।

राष्ट्रपति जोसका तीन खुट्टे कुकुर मनुएला अहिले उनी उरूग्वेका पूर्वराष्ट्रपतिहरूको सम्मानमा त्यहाँको सुन्दर राष्ट्रपती भवनलाई सङ्ग्राहलयको रूपमा विकास गर्न लागिपरेका छन । उनिजस्तो साधारण घरमा बस्ने मान्छेलाई सम्पत्ती, प्रसिध्धी र निदाउनका लागि चाहिने राम्रो घरको खास अर्थ हुदैन । यी राष्ट्रपती बास्तवमै सार्थक जीवन बाचिरहेका छ्न | उनी आफ्नैै बारिमा फूल रोप्छन र बेच्छन । खेतिपातिको यो “पार्टटाइम जागिर” ले यी राष्ट्रपतिलाई आफ्नो देशका बहूशङ्ख्यक मान्छेले गर्दै आएको जीवनप्रतिको सङ्घर्शबारे सजग बनाउछ ।

उनि १९८७ मा निर्मित पुरानो भोक्स्व्यागन बिटल गाडी चलाउछन । सरल र सादा जिन्दगि रमाउने यी राष्ट्रपतिलाई आरामदायी बेन्ट्लीको आकर्षणले तान्दैन । जोसेको सुुरक्षाका लागि दुइटा गार्ड र तिनवटा खुट्टा भएको म्यान्यूला नामको एउटा कुकुर छ ।

 

यसमा तपाइको मत