नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Arthikbazar – नेपाल आयल निगमले मिति २०७५/०५/२० गते राती १२: ०० बजे देखी लागू हुने गरि पेट्रोल, डिजेल/मट्टितेल र एल.पि. ग्याँसको मूल्य समायोजन गरेको छ ।

जस अनुसार पेट्रोलमा रु. १ , डिजेल / मट्टितेलमा  रु. ३,  ग्याँसमा  रु. २५ प्रति सिलिण्डर वृद्धि भएको छ ।

नयाँ मूल्य : पेट्रोल रु. ११२  , डिजेल / मट्टितेल रु. ९८ , ग्याँस रु. १४००प्रति सिलिण्डर यस समायोजन पश्चात पनि पेट्रोलमा प्रति लि. रु. ०.३६¸ डिजेलमा प्रति लि. रु. ०.४९ र एल.पि. ग्याँसमा प्रति सिलिण्डर रु. ३०९.७९ घाटा नै रहने भई समग्रमा निगमलाई १५ दिनमा करीब ११ करोड १५ लाख घाटा हुने देखिन्छ ।

पछिल्लो १५/२० दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा यु.यस.डलरको तुलनामा नेपाल/भारतीय मुद्राको अवमुल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेशनबाट १ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जनाएको छ ।

यो समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फ पेट्रोल रु. २५/७७ प्रति लि. र डिजेल रु. २५/५० ले नेपाल तर्फ सस्तो  छ ।

यसमा तपाइको मत