बैङ्क खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने

Arthikbazar – खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ। नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यदि तपाईँले पनि लामो समयदेखि खातामा कारोबार गर्नुभएको छैन भने तपाईँको खाता पनि निष्क्रिय हुनसक्छ।यस्तो भए खाता रोक्का भएर कुनै कारोबार गर्न नमिल्ने हुनसक्छ।

कस्तो अवस्थामा खाता निष्क्रिय हुँदैन?

  • ग्राहकले समयसमयमा खाता समय समयमा नवीकरण गरी सक्रिय बनाएमा
  • बेला-बेला आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने गरेमा

के भएमा खाता निष्क्रिय हुन्छ?

  • पैसा जम्मा गरेको १० वर्षसम्म पनि नचलाएमा वा खातामा कुनै कारोबार नभएमा
  • खातामा १० वर्ष बितिसक्दा पनि मेरो खाता हो भनेर हकदाबी भएन भने

यस्तो अवस्थामा सम्बन्धित बैङ्कले त्यस्तो खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैङ्कलाई जानकारी गराउनुपर्ने हुन्छ।

जफत गरेको पैसा के हुन्छ?

२० वर्ष सम्म पनि पैसा नचलाएदेखि यस्तो पैसा निष्क्रिय रहेको ठहर गर्दे सरकारले लैजान्छ। यो पैसा राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्थाले बैङ्किङ विकास कोषमा जम्मा गर्नुपर्नेछ।

नोट :नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७४मा दिइएको जानकारीबाट तयार पारिएको हो।

यसमा तपाइको मत