इन्धनको मूल्य बढेन, निगमको मासिक घाटा ६४ करोड (विज्ञप्ती सहित)

Arthikbazar–  नेपाल आयल निगमको मासिक घाटा ६४ करोड रुपैयाँ पुगेको छ । भारतीय आयल निगमबाट सेप्टेम्बर १ मा प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई पाक्षिक रुपमा ३१ करोड ५९ लाख रुपयाँ घाटा हुने देखिएको हो ।

कारोबारको ८० प्रतिशत हिस्सा ओगटेको डिजेल र एलपी ग्यासमा रहेको प्रतिलिटर २ रुपैयाँ र प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ ९१ पैसाको घाटा नै निगमको यत्तिको ठूलो व्यापार घाटाको मुख्य चुनौती रहेको हो । हवाई इन्धनको नाफाले घाटामा केही राहत दिए पनि को व्यवस्थापन नै निगमको मुख्य चुनौति रहेको जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा पदार्थ बेन्ट क्रुड आयलको मूल्य बढ्नु र अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँभन्दा डलर बलियो भएकाले पेट्रोलियम खरिद र बिक्रीमा घाटा बेहोर्नुपरेको निगमको दावी छ ।

निगमका अनुसार दुई साताको अन्तरमा कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १० प्रतिशतले बढ्दा र अमेरिकी डलको विनिमयदर ४ रुपैयाँले बढ्दा निमगको घाटाको भार थपिएको हो । नेपालको आपूर्ति अवस्थामा कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्यमा १ डलर बढ्दा निगमलाई मासिक १७ करोड रुपैयाँको भार थपिन्छ भने अमेरिकि डलर १ रुपैयाँले बढ्दा मासिक १५ करोड रुपैयाँ अतिरिक्त भार पर्ने गरेको छ ।

अतिरिक्त भार थपिरहेको अवस्थामा निगमले इन्धनको मूल्य बढाएको छैन । पाक्षिक रुपमा ‘स्वतः सञ्चालित पेट्रोलियम मूल्य संरचना’ अनुसार मूल्य समायोजन गर्दै आएको निगमले पछिल्लो भदौ ३ गते समायोजन गरेको मूल्य तत्कालका लागि भने यथावत् राखेको हो ।

भार थपिरहँदा सुधारतर्फ उन्मुख भएको निगमलाई भने चुनौति थपिएको हो । निगमले केही वर्षबीच चुक्तापुँजी २९ करोडबाट बढाएर ११ अर्ब पुर्याएको छ भने नीतिगत सुधारतर्फ उनमुख छ ।

तर, यसरी घाटा हुँदा निगमको क्षमता विकास नै ओझेलका परेको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताए । उनले भने, “तत्कालका लागि आईओसीले नयाँ मूल्यसूची पठाइसकेको छ । हाम्रो व्यय भार पनि बढेको छ । आवश्यक परे समायोजन गर्न सकिन्छ ।”

प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ११ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ८४ पैसा र ग्यासमा प्रतिसिलिन्डर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ ९१ पैसा घाटा रहेको छ । मट्टितेल र हवाई इन्धनमा भने निगमलाई फाइदा रहेको छ ।

विज्ञप्ती  

यसमा तपाइको मत